Renewable Energy Confederation of Nepal (RECON) is a common forum of associations of private sector involved in supply and delivery of alternative energy systems and services and NGOs involved in promotion of alternative energy in Nepal.
Read Moreयस संस्थामा नवीकरणीय ऊर्जा क्षेत्रका दर्जनौं संघ संस्था जस्तै नेपाल लघु जलविद्युत विकास संस्था, नेपाल सौर्य विद्युत उत्पादक संस्था, नेपाल सौर्य तापीय संघ, नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि उत्पादक संघ, जैविक उर्जा उत्पादक संघ, नेपाल लघु जलविद्युत उपभोक्ता संघ, बायोग्यास सेक्टर साझेदारी नेपाल (BSP Nepal), श्रोत व्यवस्थापन तथा ग्रामीण रोजगारी केन्द्र (REMREC) साथै सयौं नविकरणीय उर्जा प्रविधि विज्ञ व्यक्तित्वहरु र व्यवसायीहरु सदस्यको रुपमा आवद्ध रहेका छन् । संस्थामा आवद्ध संगठनहरुमा ५०० भन्दा बढी फर्महरु ÷ कम्पनीहरू सदस्यको रुपमा रहेका छन् भने संघ संस्थाका शाखाहरूको संख्या झन्डै २००० रहेका छन् । यसरी समग्रमा ५०,००० भन्दा बढी जनशक्तिले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नविकरणीय उर्जा क्षेत्रमा रोजगारी प्राप्त गरिरहेका छन् । यस वास्तविकता र यथार्थताको पृष्ठभूमिमा, यस परिसंघको नेटवर्क मुलुकभरि नै रहेको छ ।