गुणराज ढकाल । प्राकृतिक सम्पदाको अथाह स्रोतले भरिएको हाम्रो देश आफैंमा विविधतापूर्ण छ । भौगोलिक विविधताले गर्दा विषमता आफैंमा चुनौती र सम्भावना बोकेर उभिएको छ । कृषिप्रधान मुलुक नेपालका झण्डै ६४ प्रतिशत जनता कृषि पेशामा संलग्न भएता पनि, सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर गरी विभिन्न किसिमका अनुदान प्रदान गरे पनि नेपालका अधिकांश कृषक परम्परागत खेती प्रणालीमा नै आश्रित रहेको बिडम्बना हामीसँग छ ।

जति मेहेनत गरे पनि लगानी नउठ्ने वा वर्षभरि खान नपुग्ने भएकाले कृषकको जीवनस्तर उठ्ने कुरा त परै जाओस् ऋणको बोझ झन् थपिँदै र चुलिँदैं गइरहेको हुनाले युवा वर्षेनी आफ्ना गैरी खेत बेचेर साहुको ऋण तिर्न वैदेशिक रोजगारीका लागि भौंतारिनु परेकाले गर्दा करिब १० लाख हेक्टर जमिन बाँझो रहन पुगेको छ । मुलुकले अर्कोतर्फ वार्षिक ८५ हजार मेट्रिक टन अर्थात करिब २ खर्ब रुपैयाँ बराबरको कृषि तथा पशुजन्य वस्तुको आयात गर्नुपर्ने अवस्था आइपरेको छ । त्यसमध्ये बीउ मात्र वार्षिक डेढ अर्ब रुपैयाँको आयात हुने गरेको छ ।
हालै समयमा विश्वब्यापी महामारीको रुपमा कोभिड–१९ बढेपछि विश्व श्रम बजार ठप्प हुन पुगेको कारण कम्तिमा २० लाख नेपाली जनशक्ति विदेशबाट फर्किने पर्खाइमा रहेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माणको प्रक्रियामा रहेकाले हालको अवस्थामा विदेशबाट फर्केकालाई समेत लक्षित गर्दै कृषि तथा पशुपालनलाई विशेष प्राथमिकताको प्रावधान राखेर कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न सकेमा मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणको परिकल्पना गर्न सकिन्छ ।
स्थानीयस्तरका युवालाई स्थानीय स्रोत साधन र सीपको सदुपयोग हुने गरी स्थानीय वा प्रादेशिक तहको आवश्यकता र अवस्थाअनुसार मिल्ने किसिमको कुनै पनि कार्यक्रम लैजान सकियो भने युवा परिचालित हुने अवसर पाउँछन् । कार्यक्रमको स्तर हेरेर स्थानीय युवालाई उनीहरुकै सीपको कदर हुने गरी परिचालन गर्न सकियो भने उनीहरुम ाक्षमता अभिवद्धिसमेत हुनेछ । यसबाट बेरोजगार युवाको संख्यात्मक मात्रा घट्ने छ । साथै आफ्नो घर अगाडि रहेको गैरी खेत बेचेर खाडीका मुलुकमा परदेशी भएर सस्तो मूल्यमा काम गर्नुपर्ने बाध्यता पनि निकै हदसम्म घट्ने छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट नवीकरणीय ऊर्जाको रुपमा लघु जलविद्युत्, बायोग्यास, सौर्य विद्युत्, सौर्य तापीय ऊर्जा, बायोमास, सुधारिएको चुल्हो, वायु ऊर्जा प्रविधिहरु प्रवद्र्धन गरिएका छन् । ती प्रविधिबाट विशेष गरी स्थानीय स्रोत साधन र सीपको सदुपयोग हुने गरी स्थानीयस्तरको आवश्यकता र अवस्थाअनुसार मिल्ने किसिमका रोजगारमूलक उद्योगमा दक्ष युवा र स्थानीय युवाबीच सहकार्यको माध्यमबाट नवीकरणीय ऊर्जा प्रविधिको उपयोग गरी स्थानीय तहमा नवीकरणीय ऊर्जा प्रविधिअन्तर्गतका सोलार पम्पिङ प्रयोग गरेर सिँचाइ सुविधा विकास गर्न सकिन्छ भने सोलार ड्रायर र कुलिंङ च्याम्बर प्रणाली प्रयोग गरेर खाद्य वस्तु सुरक्षित तुल्याउन सकिन्छ ।
यसैगरी बायोग्यास संयन्त्रबाट उत्सर्जन हुने स्लरी राम्रो मल हुने भएकाले त्यस्ता संयन्त्रबाट उत्पादित जैविक मलको प्रयोगबाट कृषकले राम्रो फाइदा लिन सकिने र उपभोक्ताले पनि स्वास्थ्यवद्र्धक खाद्यपदार्थ प्राप्त गर्न सक्ने भएकाले नवीकरणीय ऊर्जा प्रविधि कृषकलाई सुलभ रुपमा उपलवध हुनु आवश्यक छ । त्यस्तै उन्नत रुपमा गाई, भैंसी, भेडा बाख्रा, कुखुरा, माछा पालनका लागि नवीकरणीय सौर्य विद्युत, सौर्य तापीय, बायोग्यास र लघु जलविद्युत् आयोजनाबाट प्रशस्त सहयोग हुनसक्ने देखिन्छ ।
परिसंघले कृषिका लागि नवीकरणीय उर्जाको उपयोगिता र उपादेयताका लागि केही वर्ष अघिदेखि विभिन्न तहमा अन्तत्र्रिmया र परामर्श कार्यक्रम आयोजना गर्दै सम्बन्धित निकाय, दातु निकाय र सरोकारवालालाई सल्लाह–परामर्श गर्दै सुसुचित तुल्याउँदै सहकार्य गर्दै आएको स्मरणीय छ ।
संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विभिन्न कानुन, ऐन, नियम र कार्यविधि बनेका छन् र बन्ने क्रम जारी रहेको विद्यमान अवस्थामा सशक्त कार्यशैली र उपयुत्त mकार्यान्वयनका लागि नेपाल नवीकरणीय ऊर्जा परिसंघले विभिन्न तहमा आफ्नो धारणा राख्दै आएको छ । कृषि उत्पादन बढाउन बाँझा खेतमा खेती गर्ने, सिँचाइ सुविधा विकास गर्ने, उन्नत बीउ स्वदेशमा नै उत्पादन गर्ने, जैविक मल उत्पादन–वितरणको समुचित व्यवस्थापन गर्ने, कृषकका लागिकम ब्याज दरमा ऋण उपलव्ध हुने, उत्पादनलाई सुरक्षित तुल्याउन सोलार ड्रायर, कुलिङ च्याम्बरको व्यवस्था गर्ने, उचित मूल्यमा उत्पादन बिक्री हुने, उपभोक्ताले उचित मूल्यमा खाद्य वस्तु खरीद गर्न सक्ने व्यवस्था मिलाउन विद्यमान अवस्थाका मुख्य चुनौती हुन ।
चुनौती सामना गर्दै अघि बढने उपाय पनि छन् ।
उत्पादन व्यावसायिकरण विधिः कृषि क्षेत्रलाई व्यावसायिकरण गर्नका लागि साझेदारी, सामूहिक र सहकारी मोडल अवलम्वन गर्नुपर्दछ । सरकारी तथा निजी क्षेत्रको लगानीमा साझेदारी खेती, सम्भावनाको अध्ययन गरी टोल विकास संस्थाको नेतृत्वमा सामूहिक खेती र विदेशमा गएका र स्वदेशमा समेत विभिन्न क्षेत्रमा रोजगारी भएका व्यक्ति समावेश भएको सहकारी खोली सहकारीमार्फत उत्पादन कार्यको थालनी गर्नुपर्दछ ।
पुँजी नभएका तर तीव्र इच्छाशक्ति, श्रम, जोस तथा जाँगर भएकाहरुको हकमा जे छ त्यसैलाई नै शेयर पुँजी मानी उत्पादन कार्यलाई व्यावसायिकरण गर्न सकिन्छ ।
उत्पादन आधुनिकीकरण विधि ः समयले धेरै कोल्टो फेरिसकेको छ । हिजोको जस्तो अवस्था आज पक्कै छैन । चेतनाको पनि धेरै विकास भइसकेको छ । पढे लेखेका युवायुवती सचेत भए पनि विद्यमान उत्पादन प्रक्रियाबाट सन्तुष्ट छैनन् । अझ भन्ने हो भने विदेशबाट सुकिला मुकिला भएर फर्केकालाई परम्परागत खेतीतर्फ आकर्षित गर्न पटक्कै सकिन्न । विदेशमा त्यही काम गर्न लाखौं खर्चेर जान तयार हुन्छन् । तर, स्वदेशमा त्यही कार्य गर्न तत्पर र उत्साह देखिएको छैन । यस्तो अवस्थामा उत्पादनलाई प्रविधिसँग जोड्नुको कुनै विकल्प देखिँदैन ।
साझेदारी, सामूहिक र सहकारी खेती प्रणालीलाई प्रविधिसँग जोड्दा उत्पादन र रोजगारी दुवै बढाउन सकिन्छ । अझै बाँझो रहेको १० लाख हेक्टर जमिनको सदुपयोग पनि हुन पुग्दछ । घरदैलोमा प्राविधिक सेवा पु¥याउनु पर्दछ । कृषि वीमाको नीति अनिवार्य रुपमा अवलम्बन गर्नुपर्दछ ।
कृषि उपजको भण्डारीकरण विधि ः नेपालका ७७ वटै जिल्लाका कम्तिमा एक वटा भण्डारगृहको निर्माण गर्नुपर्दछ । प्रत्येक स्थानीय तहले यसमा लगानी गर्नुपर्दछ । दैनिक रुपमा आवश्यक पर्ने तर छिटो सड्ने खालका वस्तुलाई संरक्षण गर्न सकियो भने उत्पादक वर्गलाई उत्पादन कार्यका लागि आकर्षित गर्न सकिन्छ । अनिवार्य उपभोगका वस्तुको आवश्यकतालाई पनि अभावको बेलामा परिपूर्ति गर्न सकिने हुन्छ । यसले गर्दा कृषि उत्पादनलाई एउटा उद्योगको रुपमा सञ्चालनगर्न सकिने हुन्छ ।
हरित तथा समावेशी ऊर्जा नेपाल प्रोजेक्टमा आवद्ध भई नेपाल नवीकरणीय ऊर्जा परिसंघले नवीकरणीय ऊर्जा प्रविधि उपयोग गरेर महिला, बालबालिका, गरीब, अपांग तथा पिछडिएको समुदायलाई विशेष सुविधासहित आयआर्जनका साथै सामाजिक अर्थतन्त्र उकासिने अवसर सिर्जना गर्नका लागि गर्दै आएको प्रयासले मूर्त रुप लिनेछ भन्ने आशा गर्न सकिन्छ ।
(लेखक नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष हुन्)

Source: https://bizpatra.com/43334/