हरेक वर्षको असार पन्ध्र गते नेपालका किसानहरुका साथै समाजका सबै पक्षले चाडको रुपमा मनाउँदै आएका छन् । मुख्य खाद्यान्न धान रोप्न अत्यधिक परिश्रम र लगानी समेत पर्ने साथै समुदायको सहयोग आवश्यक पर्ने भएकोले असार पन्ध्रलाई चाडको रुपमा मनाउँदै आएको हो । साँस्कृतिक महत्वको सामान्य तर पौष्टिक खाना दही च्युरा खाएर मनाईदै आएको दिनलाई विसं २०६१ को सरकारी निर्णयअनुसार राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । यसपटकको दिवसको नारा ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ ।
यसै सन्दर्भमा नेपाल नविकरणीय उर्जा परिसंघले कृषिका लागि नविकरणीय उर्जा र जैविक मल बारे अनलाईनको माध्यमबाट अन्तत्र्रिmया कार्यक्रम आयोजना गरेको छ । मंगलबार आयोजित उक्त कार्यक्रममा अध्येता, अर्थविद, उर्जाविज्ञ, उद्यमी र पत्रकारहरुको सहभागिता रहेको थियो । परिसंघका सल्लाहकार संयोजक पूर्वमन्त्री गणेश शाह प्रमुख अतिथि र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी विशेष अतिथिको रुपमा सहभागि हुनुभएको सो कार्यक्रमको सभापतित्व परिसंघका अध्यक्ष गुण राज ढकालले गर्नु भएको थियो ।
नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने सरकारी निकायले भन्दै आएको छ । प्राप्त विवरणअनुसार अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।
धान, गहुँ, मकै, कोदो, फापर, आलुका साथै फलफुल नेपालमा उत्पादन हुने खाद्य पदार्थ हुन । पछिल्लो काल खण्डमा व्यावसायिक पशुपालन र माछा पालनबाट पनि खाद्य पदार्थ आपूर्ति हुँदै आएको छ । मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपाललाई ९६ लाख मेट्रिक टन खाद्यान्न भयो भने पुग्छ तर वार्षिक ४० अर्ब बढीको चामल आयात भइरहेको छ त्यसैगरी मुलुकमा खेतीपाती गर्नका लागि वर्षेनी ९ हजार मेट्रिक टन रासनियक मल आयात गरिँदै आएको छ । आवश्यक समयमा मल तथा अन्य सामग्री आपूर्ति नहुँदा किसानहरुले ठुलो समस्या ब्यहोर्नु परेको छ ।
खाद्य पदार्थको उत्पादन बढाउनका लागि व्यवसायिकरण, यान्त्रिकरण, भण्डारण र बजार व्यवस्थापन गरिनु पर्छ भन्ने विज्ञहरुको राय छ भन्ने जनशक्तिको उच्चतम उपयोगिताको लागि सीप विकास, सहज लगानीका लागि ऋण र अनुदान व्यवस्था गरिनु पर्छ भन्दै आएका छन् । यसबाट कुल खाद्य पदार्थ उत्पादन वृद्धि हुनुका साथै किसानको जिवनस्तर र सामाजिक प्रतिष्ठा पनि वृद्धि हुनेछ ।
मुलुकमा नै गरिएको अनुसन्धान र अनुभवबाट रासयनिक मलको सट्टा जैविक मल प्रयोग गर्न सकिने देखिएकोले जैविक मल उत्पादन वृद्धि गर्नका लागि ठुला बायोग्यास संयन्त्रहरु स्थापना गर्न सरकार र निजी क्षेत्र हातेमालो गर्दै अघि बढ्नु पर्ने पनि समयको माग भएको छ । रासयनिक मलको सट्टा जैविक मल प्रयोग गर्दा रासयनिक मलका कारणले क्षय हुने माटोको उर्वराशक्ति नियन्त्रित रहन्छ भन्ने अर्बौ रुपैया मूल्यका रासयनिक मल आयात कम गर्न खेर जाने गोबर, सूली, पात पतिंगर आदीको सदुपयोग गर्दै भान्छामा प्रयोग गरिने ग्यास उत्पादन गरेर निस्कने बाँकी लेदो नै जैविक मल हुने भएकोले कृषक र उद्यमी मात्र नै सबै सरोकारवालाहरुले जैविक मलबाट फाइदा लिन सकिन्छ । ठुला खालका बायोग्यास प्लाण्टहरुबाट व्यावसायिक रुपमा नै जैविक मल उत्पादन गरी विक्री वितरण गर्दै आएको छ । ठुला खालका बायोग्यास प्लाण्टहरु धेरै भन्दा धेरै संख्यामा स्थापना गर्न सके खाना पकाउने ग्यासका साथै कृषिका लागि रासयसनिक मलको बदलामा जैविक मल प्रयोग गर्नसकिन्छ ।
माटो गुणस्तर सुधार र जैविकमलको प्रभावकारिताको लागि अंगार पनि भनिने बायोचार प्रयोग गर्न सकिन्छ । पात पतिंगर हाँगा बिँगा र कृषि उत्पादनका खेर जाने डाँठ पात जरा आदीलाई आधाजसो बालेर बायोचार बनाउने प्रविधि पुरानो हो भने आधुनिक तरिकाले राम्रो बायोचार बनाउन र बायोचारको प्रभावकारिता परीक्षणका लागि राष्ट्रिय विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट), राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) का साथै अन्य विश्वविद्यालयहरुले पनि अध्ययन अनुसन्धान गरेका छन् ।
कृषिका लागि सिँचाई अर्को प्रमुख आवश्यकता हो । सिँचाईको सुविधा बढाउन सकेमा विभिन्न खालका बाली लगाउन र वर्षमा एकपटक भन्दा बढी बाली लगाउन सकिन्छ । अर्थात सिँचाई सुविधा बढाउन सकेमा कृषि उत्पादन बढाउन सकिने निश्चित छ । खोला वा ईनारको पानी खेतमा पु¥याउन सौर्य विद्युत पम्पिंग प्रणाली प्रयोग गर्न सकिन्छ । विभिन्न भौगोलिक विविधतामा यो प्रणाली सफल रहेको छ । सरकारका विभिन्न निकायले सौर्य विद्युत पम्पिंग प्रणाली जडान गर्न कृषकहरुलाई प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । निजी क्षेत्रका विभिन्न कम्पनीहरुले किसानहरुलाई विक्री, जडान र मर्मत समर सेवा दिँदै आएको छ । तर आवश्यकताको अनुपातमा थोरैमात्र यस्ता प्रणाली जडान भएकोले बढी भन्दा बढी प्राविधिक रुपले सक्षम खालका सौर्य पम्पिंग प्रणाली जडान गरी कृषकहरुलाई सहयोग गर्नुपर्छ भन्ने विज्ञहरुको राय रहेको छ ।
यसैगरी कृषि उत्पादन सामग्री प्रशोधन, सुकाउन, चिसो ठाउँमा भण्डार गर्न लघु जलविद्युत, सौर्य मिनिग्रिड, वायुउर्जा, सोलार पीभी, सोलार थर्मल जस्ता सहज र सुलभ प्रणालीहरु प्रयोग गर्न कृषकहरुलाई ज्ञान, सीप र लगानी आवश्यकछ ।
कृषि पेशामा निम्न आय समूहका व्यक्तिहरु बढी मात्रामा संलग्न रहेको हुनाले एकल महिला, महिला प्रमुख भएको परिवार, अपांग, पिछडिएका निम्न आय वर्गका जनताको पनि सामाजिक तथा आर्थिक उत्थान हुन सक्ने कार्यक्रमहरु आवश्यक भएको सन्दर्भमा सशक्त कार्यान्वयनका लागि अघि सारिँदै आएको भएपनि आवश्यकतामा आधारित कार्यक्रमहरु सबल हुनुपर्छ भने कार्यान्वयन पक्ष व्यवहारिक र प्रभावकारी हुन आश्यक छ ।
परिसंघबाट आयोजित अनलाईन अन्तक्र्रिया कार्यक्रममा यिनै विषयहरु माथि वक्ता तथा प्रस्तोताहरुबाट अध्ययन, अनुसन्धान र अनुभवका आधारमा कृषिका लागि नविकरणीय उर्जा प्रविधिको उपयोगिता, अवसर र चुनौतीमाथि प्रकाश पार्दै संवन्धित नीति निर्माताहरु र कार्यान्वयन गर्ने निकायहरुको ध्यानाकर्षणका लागि प्रक्रिया अघि बढाउन ढिला गर्न नहुने राय व्यक्त गर्नुभयो । यसैगरी अध्ययन, अनुसन्धान र तथ्यमा आधारित प्रतिवेदनका लागि, उच्च र मध्यमस्तरको जनशक्ति उत्पादन गर्न प्राज्ञिक क्षेत्र, सरकारी निकायहरुका साथै निजी क्षेत्रको सहकार्य आवश्यक भएको सम्बन्धमा पनि छलफल गरियो ।
उक्त अवसरमा प्रमुख अतिथि पूर्वमन्त्री गणेश शाहले परिसंघबाट प्राज्ञिक व्यक्तित्वहरु, अनुभवी प्राविधिकहरु, प्रशासकहरु र विज्ञहरुको राय, सल्लाह र विचार एकत्रित गर्दै नीति निर्माताहरु र सरोकारवालाहरुलाई अत्यावश्यक नीति तथा कार्यक्रमहरु निर्माण गर्न र कार्यान्वयनका लागि उपयुक्त कार्यक्रमहरु सञ्चालन गर्दै सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कृषि र कृषकको विकासको लागि प्रविधि र सामग्री सहज रुपमा उपलव्ध गराउन, क्षमता अभिवृद्धि गर्न र लगानी सुलभ तुल्याउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल नविकरणीय उर्जा परिसंघ र अन्य निकायहरु, संघ संस्थाहरुको समन्वय गर्दै संवाद र पैरवी कार्यक्रम सञ्चालन गर्ने र उपयुक्त विचारर अभिमत नीति निर्माताहरुसम्म पु¥याउन सक्नुपर्छ भन्नुभयो ।
सोही अवसरमा विशेष अतिथि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले त्यस केन्द्रबाट नविकरणीय उर्जा प्रविधि प्रवद्र्धन र विकासका लागि सञ्चालन गरिएका कार्यक्रमहरुबाट विशेषगरी राष्ट्रिय प्रसारण नपुगेको दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई विद्युत सुविधा पु¥याउन सफल भएको र कृषिका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गरी गरिएको प्रकाश पार्नुभयो । नविकरणीय उर्जा प्रविधिको अधिकतम उपयोग गरी मुलुक र जनतालाई बढी भन्दा बढी फाइदा पु¥याउन उच्चस्तमा संवाद र छलफल गर्नुपर्ने राय व्यक्त गर्नुभयो ।
युवा उद्यमीहरु कुशल गुरुंगले कृषिका लागि बायोग्यास प्लाण्टबाट उत्पादित जैविक मल र अभिषेक मल्लले सौर्य विद्युतबाट सञ्चालन हुने सिँचाई प्रणालीको उपादेयता, विद्यमान अवस्था र सम्भावनाका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो । कृषि विज्ञ डा. सुधा सापकोटा, उर्जा तथा जेण्डर विज्ञ डो इन्दिरा शाक्य, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. सुनील लोहनी, इन्नोभेसन विज्ञ शशि भट्टराई, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक मुकेश घिमिरेर, नेपाल सौर्य विद्युत उत्पादक संघका अध्यक्ष इन्द्र खनाल, नेपाल बायोग्यास प्रवद्र्धन संघका अध्यक्ष प्रकाश चन्द्र सुवेदी, पत्रकार लक्ष्मण उप्रेतीले कृषि प्रविधिको विकास र कृषिहरुको आवश्यकता बारे बोल्नु भएको थियो ।
। समाप्त ।